नेभिगेशन
समाज विविध

गृहमन्त्री लेखकले राजीनामा दिएर मात्र हुदैन, छानबिन समेत हुनुपर्छ- रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने माग गरेको छ ।


प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकको राजीनामा मात्र आएर नहुने भन्दै उच्चस्तरीय छानबिन आयोग गठन गरेर अनुसन्धान गर्नुपर्ने बताए ।


यो सामान्य भ्रष्टाचारको विषय मात्र नभएको भन्दै सांसद खनालले गृहमन्त्रीको सचिवालयको समेत संलग्न रहेको विषय बाहिर आएकोले राजीनामा नदिएसम्म संसदको गतिबिधि अगाडी बढ्न नसक्ने बताए ।


यसअघि माओवादी केन्द्रका नेता बर्षामान पुनले बोल्दै गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको नियमित गतिबिधि संचालन हुन नदिने बताएका थिए ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध