नेभिगेशन
राजनीति

लिङ्देनले भने- आन्दोलनको अग्रमोर्चामा म हुनेछु, कोही विचलित हुनुपर्दैन

काठमाडौ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफू आन्दोलनको अग्रमोर्चामा हुने बताएका छन्।

राप्रपासहितका दल सम्बद्ध राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलन सुरु गर्दैछ।

सोही आन्दोलनका क्रममा आफू अग्रमोर्चामा रहने उद्घोष लिङ्देनले गरेका हुन्। 'आन्दोलनको अग्रमोर्चामा राजेन्द्र लिङ्देन हुनेछ, कोही विचलित हुनुपर्दैन,' आइतबार (आज) गोकर्णेश्वरमा आयोजित एक कार्यक्रममा उनले भने।

अगाडि उनले भनेका छन्, 'जेठ १५ गतेको आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण हुनेछ। देशको प्रधानमन्त्रीले फेरि पनि हिंसा भड्काउने अभिव्यक्ति दिनुभएको छ, जुन गैरजिम्मेवार र दुर्भाग्यपूर्ण छ।'

यसअघि आजै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गते हुने राजावादीप्रति निर्मम हुन पार्टीका नेता कार्यकर्तालाई निर्दशन दिएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति