नेभिगेशन
राजनीति

विदेशीले सत्ता चढाएका प्रचण्डले जब राजालाई ‘विदेशीले हुर्काएको’ भनेपछि...

काठमाडौं– भारतीय कांग्रेस आईको छत्रछायाँमा हुर्किएका र हाल सत्तारोहणमा भाजपासित लम्पसार समेत पर्न बाँकी नराखेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन राजाहरूलाई विदेशीले हुर्काएको भनी टिप्पणी गरेका छन्।

नयाँ दिल्लीमा भएको १२ बुँदे सम्झौताका आधारमा नेपालको संसदीय राजनीतिमा प्रवेश गरी पहिलो कार्यकालमा नौ महिना प्रधानमन्त्री बनेका प्रचण्ड तेस्रो कार्यकालमा १८ महिना मात्र सत्तामा बस्न सकेका थिए। 

सत्ता गुमेको आक्रोशमा रहेका उनी अहिले अभियानका नाममा देश दौडाहामा छन्। राजसंस्थावादी र हिन्दूवादीले आन्दोलनको घोषणा गरेका बेला अभियानका क्रममा प्रचण्डले राजाहरुलाई विदेशीले हुर्काएको बताएका हुन्। 

यसअघि उनले एउटा अन्तरवार्ताका क्रममा नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहलाई राजा नै होइनन् भनी टिप्पणी गरेका थिए। जबकि, सार्वजनिक भएका बखत गणतन्त्र ल्याउनका लागि भारतको सहयोग रहेको टिप्पणी गरेका उनले ज्ञानेन्द्र शाहलाई राजाको पनि देन रहेको भनी बताएका थिए। 

प्रतिनिधि सभा विघटन गरी हालका प्रधानमन्त्री केपी शर्मा ओलीले यो चुनावअघि सत्ता लम्ब्याउन खोज्दा प्रचण्डले भारतीय पक्षलाई गुहारेका थिए। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजु राणासँग नयाँ दिल्लीमा वार्ता गरी देउवा सरकार गठन गर्दै ओलीलाई सत्ताबाट हटाएका प्रचण्डको राजाप्रतिको टिप्पणी हास्यास्पद रहेको राजसंस्थावादी बताउँछन्। 

प्रचण्डको टिप्पणीको खण्डिकरण नेपालका लागि भारतका राजदूत भई काठमाडौंमा बसेका पूर्वकुटनीतिक नियोगका पुस्तक र बयानले पनि गर्छ। त्यसका ज्वलन्त उदाहरण श्यामशरण हुन्। 

भारतीय विदेश सचिव समेत बनेका श्यामशरणले नेपालमा राजसंस्था हटाउनका लागि आफ्नो सक्रिय भूमिका रहेको बताउँदै माओवादी आन्दोलनलाई भारतले हुर्काएको बताएका थिए। 

त्यसको पुष्टि पछिल्लो चरणमा नेपालका लागि भारतीय राजदूत बनेका रणजित राय हुन्। जो १२ बुँदे समझदारीका साक्षी समेत रहेको बताइन्छ। 

भारतीय कम्युनिस्ट पार्टी (भाकपा) माओवादीका महासचिवको त्यहाँको सरकारी कारबाहीमा मृत्यु हुँदा पनि श्रद्धाञ्जली र समवेदना नलेखेका प्रचण्डका अनेक बयानबाजी हास्यास्पद हुन थालेको बताइन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति