नेभिगेशन
खेलकुद

कुस्तीका सुरेशलाई कांस्य पदक

काठमाडौं - नेपालका सुरेश चुनाराले युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा कास्य पदक जितेका छन् ।

दिल्लीस्थित तालकटोरा इन्डोर स्टेडियममा आयोजित प्रतियोगिताको ८० केजी पुरुष फ्री स्टाइल सुरेश तेस्रो हुँदा काजकिस्तानका अइबोलोट अमानोभ पहिलो भएका थिए । भारतका कुभेनु पुरो दोस्रो भएका छन् । 

भारतमा भएको प्रतियोगितामा ३ नेपाली खेलाडीको सहभागिता रहेको थियो । पछिल्लो समय सुस्ताएको कुस्तीलाई उकास्ने सवालमा यो सफलताले राष्ट्रिय टोलीका अन्य खेलाडीमा समेत उत्साह थपिएको नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले बताए ।

उनले यो नेपाली कुस्तीको इतिहासमा ऐतिहासिक उपलब्धि समेत भएको बताएका छन् । यस प्रदर्शनले नेपाली कुस्तीलाई धेरै प्रेरणा मिलेको टोलीका प्रशिक्षक मुमताज अलि इद्रिसीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद