नेभिगेशन
खेलकुद

एम्बाप्पेको दुई गोलमा रियल म्याड्रिड विजयी

काठमाडौँ - रियल म्याड्रिडले जितसँगै स्पेनिस ला लिगाको यस सिजनको अन्त्य गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

रियल म्याड्रिडको जितमा दुवै गोल किलीयन एम्बाप्पेले गरेका थिए । एम्बाप्पेले दुवै गोल खेलको ३८औँ र ८३औँ मिनेटमा गरेका थिए ।  

योसँगै एम्बाप्पेले ला लिगाका ३३ खेलमा ३१ गोल गर्दै गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी रहेका छन् । दोस्रो स्थानमा बार्सिलोनाका रोबेर्ट लेवानडोस्की रहेका छन्, उनले २५ गोल गरेका छन् । रियल म्याड्रिडमा एम्बाप्पेले यस सिजनका सबै खेलमा ४३ गोल गरेका छन् ।

यो जितपछि रियल म्याड्रिडले ३८ खेलमा ८४ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद