नेभिगेशन
खेलकुद

श्रीलंकन क्रिकेटर एन्जेलो म्याथ्यूजको टेस्ट क्रिकेटबाट सन्यास


काठमाडौँ - श्रीलंकाका क्रिकेटर एन्जेलो म्याथ्यूजले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

म्याथ्यूजले जुनमा बंगलादेशविरुद्ध हुने टेस्ट सिरिजको पहिलो टेस्टपछि सन्यास लिने घोषणा गरेका छन् । म्याथ्युजले टेस्ट क्रिकेट छोडेपनि ह्वाइट बल क्रिकेट भने खेलिरहने बताएका छन् ।

म्याथ्यूज पछिल्लो एक बर्षदेखि ह्वाइट बल क्रिकेट टिममा छनौट भने भएका छैनन् । उनले एक सन्देस पोष्ट गर्दै म्याथ्यूजले १७ बर्षसम्म देशको प्रतिनिधित्व गर्न पाउनु गर्वको विषय भएको बताएका छन् ।

म्याथ्यूजले श्रीलंकाका लागि ११८ टेस्टमा ८ हजार १६७ रन बनाएका छन् । उनले १६ शतक र ४५ अर्धशतक बनाएका छन् ।
  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्