नेभिगेशन
राजनीति

सदनमा रामहरिले खोजे २५ करोडका मालिक

काठमाडौं– टोखामा ट्रकमा फेला परेको २५ करोड रुपैंया बराबरको विदेशी मुद्राको मालिक पत्ता लगाउन सांसद रामहरि खतिवडाले माग गरेका छन्।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखाबाट बरामद गरेको २५ करोड बराबरको अवैध विदेशी मुद्राको मुख्य नाइकेलाई पक्राउ गर्न माग गरेका हुन्। 

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले भने,‘एउटा ड्राइभर र व्यापारी पक्रेर थुनेको छ। उक्त प्रकरणमा मुख्य दोषीसम्म पुग्ने गरि अनुसन्धान गरिनुपर्छ।’

उनले विभिन्न प्रकरणमा ड्राइभर, भरिया पक्रने र मालिकसम्म नपुग्ने प्रवृत्ति देखिएको भन्दै मुख्य व्यक्तिसम्म पुगेर कारबाही गर्नुपर्नेमा जोड दिए।

खतिवडाको प्रश्न छ,‘एउटा ड्राइभर पक्राउ ग¥यो थुन्यो, मूल त्यसको संरक्षण कसले गरिरहेको छ र त्यसको धनी को हो? अहिलेसम्म सरकारले पत्ता लगाउन सकेको छैन। सधैं ड्राइभर र लोडरलाई थुन्ने? तर धनी पत्ता नलगाउने। त्यसको कनेक्सन कहाँ–कहाँ छ पत्ता नलगाउने ? को–को संलग्न छन् सदनलाई जानकारी गराइयोस्।’

राजस्व अनुसन्धान विभागले आरोपी कुसाङ लामा र नारायण पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको भएको छ। उनीहरूविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३.४५ र ९ को कसूरमा मुद्दा दायर गरिएको हो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति