नेभिगेशन
खेलकुद

भारत एसीया कप क्रिकेटको पुरुष र महिला दुवै संस्करणमा भाग नलिने, कारण यस्तो छ

काठमाडौं– एसीया कप २०२५ मा भारत सहभागी नहुने भएको छ। यस्तै महिला इमर्जिङ टिम्स एसीया कपमा पनि भारतले टोली नपठाउने निर्णय गरेको छ। 

यो निर्णय पाकिस्तानसँगको तनावका कारण भारतले लिन बाध्य हुनु परेको बताइएको छ।

द इन्डियन एक्सप्रेसमा प्रकाशित समाचार अनुसार बीसीसीआईले एसीसीलाई यो निर्णयबारे जानकारी गराइसकेको छ। पाकिस्तानी मन्त्रीले नेतृत्व गरिरहेको एसीसीले गराउने प्रतियोगिता भारतले खेल्न नसक्ने बीसीसीआई स्रोतले बतायो ।

पाकिस्तानी मन्त्री मोहसिन नक्वीको नेतृत्वमा रहेको एसीसी (एसियन क्रिकेट काउन्सिल) को प्रतियोगितामा भारतको टोली खेल्न नसक्ने बताइएको छ।

‘यो देशको भावना हो। हामीले एसीसीलाई मौखिक रूपमा जानकारी गराइसकेका छौँ कि भारतले महिला इमर्जिङ टिम्स एसिया कपमा भाग लिँदैन र भविष्यमा हुने अन्य प्रतियोगितामा पनि सहभागिता अनिश्चित छ। हामी निरन्तर सरकारको सम्पर्कमा छौँ,’ बीसीसीआई स्रोतलाई उदृत गरी अखबारले लेखेको छ।

रोचक के छ भने यो वर्षको एसिया कप भारतमै आयोजना हुने तय भएको थियो। आगामी वर्ष हुने टी–२० विश्वकपलाई ध्यानमा राखेर टी–२० ढाँचामा खेलाइने तयारी थियो। तर भारतको निर्णयले प्रतियोगिता नै अन्योलमा परेको छ।

भारतबाहेक यो प्रतियोगितामा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र बंगलादेश सहभागी हुने तय थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद