नेभिगेशन
राजनीति

बालेनपथमा आयो संसदको शिक्षा उपसमितिको प्रतिवेदन, विद्यालयको नाम विदेशी राख्न नपाइने 

काठमाडौं– स्थानीय तहले आवासीय विद्यालय सञ्चालन गर्न पाउने प्रावधानसहित प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नामका विषयमा काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको पथलाई समातेको छ।

उसले बुझाएको प्रतिवेदनमा त्यस्ता विद्यालयको नाम विदेशी या विदेशीपन झल्कन नपाउने प्रकृतिको हुनुपर्ने पनि सुझाव दिएको छ।

स्थानीय तहले विद्यालय स्थापना र सञ्चालन गर्दा स्थानीय आवश्यकताको विश्लषेण र स्रोतको सुनिश्चतता गरी आवासीय विद्यालय विद्यालयसमेत स्थापना र सञ्चालन गर्न सक्ने प्रतिवेदनमा उल्लेखछ।

विदेशी व्यक्ति, संस्था, स्थान वा विदेशीपन झल्कने गरी विद्यालयको नाम राखिएको भए त्यस्ता नाम परिवर्तन पनि गर्नुपर्ने प्रतिवेदनमा सुझाव छ। उपसमितिले तीन वर्षभित्र नेपालीपन झल्कने गरी विद्यालयको नाम परिवर्तन गर्नुपर्ने व्यवस्था राखेको छ।

विद्यालयको नामकरण वा नाम परिवर्तन गर्दा नेपालको प्राकृतिक, सांस्कृतिक स्थान, व्यक्ति वा स्मारकको नाम झल्कने गरी राख्नुपर्ने प्रतिवेदनमा भनिएको छ।

यसअघि काठमाडौं महानगर प्रमुख बालेन शाहले विद्यालयको नाम नेपालमा राख्ने कार्यान्वयन गराएका थिए। उनले त निजीसहितका आवासीय विद्यालयको नाम नेपालीमा राख्न निर्देशन गरेपछि कतिपय नाम प्रस्तावित रहेका थिए। 

सोही पथमा उपसमितिले बुझाएको प्रतिवेदन पछिल्लो पटक आएको हो। नेपाल शिक्षक महासंघको आन्दोलनलाई समेत सम्बोधन गर्न तयार गरिएको प्रतिवेदनमा यस्तो अंश पनि राखिएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति