नेभिगेशन
राजनीति

आज गभर्नर नियुक्त गर्दै सरकार, मन्त्रिपरिषद बैठक

काठमाडौं– कुनै विवाद नभएको खण्डमा सोमबार सरकारले गभर्नर नियुक्त गर्ने तयारी गरेको छ। त्यसका लागि मन्त्रिपरिषदको बैठक डाकिएको छ।

सिंहदरबार या बालुवाटार मध्य कहाँ बस्ने भन्ने यकिन नभए पनि बैठक हुने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

गभर्नरमा नेपाली कांग्रेसको दाबी छ। सत्ता साझेदार दलले गभर्नरका लागि विश्व पौडेलको नाम सरकारलाई दिएको हो। 

उनी गभर्नर सिफारिस समितिबाट राजीनामा दिएर बसेका थिए। गत आम निर्वाचनमा चितवन–१ मा पराजित भएका उनको सिफारिस समितिको राजीनामा आएपछि गत मन्त्रिपरिषद बैठकले अन्य दुई जनालाई समितिमा राखेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति