नेभिगेशन
राजनीति

हितेन्द्रदेवको बचाऊमा विष्णु रिमाल लेख्छन्– कथा लेख्नेहरू तपाईंको कामभन्दा अघि पुग्न सक्छन्

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार तथा एमाले उपमहासचिव विष्णु रिमालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको बचाऊ गरेका छन्।

आइतबार सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै उनले शाक्यको आलोचनाबीच बचाऊ गरेका हुन्। 

उनी लेख्छन्,‘तपाईं नेपाल विद्युत प्राधिकरणको निर्देशक हुनुहुन्छ। आफ्नो काममा तपाईं काबिल हुनुहुन्छ। प्राधिकरणलाई कसरी प्रगतिमा पुराउन सकिन्छ भन्नेमा इमान्दार पनि हुनुहुन्छ। तर सजग रहनुहोला, बलेको बत्ति मुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ।’

रिमालले बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज रहेको उल्लेख गरेका उनी लेख्छन्,‘देवत्वकरणको पर्दा भित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन्।’ 
यस्तो छ उनको स्ट्याटस
bishnu-rimal--1747547434.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति