नेभिगेशन
राजनीति

गृह प्रशासनले आफूलाई मण्डलेकरण गरिरहेको छ : सांसद कार्की

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि सांसद रोशन कार्कीले गृह प्रशासनले आफूलाई मण्डलेकरण गरेको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले सरकारले नागरिकहरुलाई बोल्ने र लेख्न स्वतन्त्रतासमेत नदिएको आरोप लगाउदै राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका संयोजक सुजित केसीलाई लेखेकै भरमा पक्राउ गरेको आरोप लगाएकी हुन् ।

उनले भनिन्- ‘यो सरकार निरङ्कुश भइरहेको छ । गृह प्रशासनले आफूलाई मण्डलेकरण गरिराखेको छ । कहिले पनि पल्लो बेन्चबाट ओल्लो बेन्चमा आउँछु भन्ने यसलाई महशुस छैन । यो आफूलाई के भनिराखेको छ, थाहा छैन । संविधानको धारा २७० निलम्बन भएको हो ? बोल्ने स्वतन्त्रता किन हुँदैन, लेख्ने स्वतन्त्रता किन हुँदैन ? सामाजिक सञ्जालमा लेखेको भरमा मान्छेलाई थुन्न पाइन्छ ? गणतन्त्रले नेपाली जनतालाई दिएको उपहार यही हो ?’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति