नेभिगेशन
राजनीति

न्यायपालिकामाथि विश्वासको वातावरण नभएको गुनासो आउन थाल्यो : सोविता गौतम

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले न्यायपालिकामाथि विश्वासको वातावरण नभएको गुनासो जनताले गरिरहेका बताएकी छन् । 

प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद गौतमले न्यायपालिकामाथि विश्वासको वातावरण नभएको गुनासो आउनु गम्भीर विषय भएको बताइन् । 

उनले कानुनको प्रक्रिया अदालतले मिच्न थालेको विषय संवेदनशील भएको बताइन् । ‘कानुनको प्रक्रिया अदालतले मिच्न थालेको विषय निकै संवेदनशील छ । यो संविधानको मूल आत्मामाथि पुर्‍याएको चोट हो,’ सांसद गौतमले भनिन्, ‘विधिको शासन सबैले मान्नु पर्ने हुन्छ । न्याय प्रक्रियाको सही पालना बिना निष्पक्ष न्याय असम्भव छ ।’ 

गौतमले अदालतमा अनौठो र गैरसंवैधानिक परिदृष्य देखिन थालेको बताइन् । अदालतले कैदीलाई जानकारी नै नदिइ पेसी तोक्नुले जटिल प्रश्न उब्जिएको उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति