नेभिगेशन
समाज विविध

दाजुलाई मुद्दा दायर गर्ने अख्तियारमा काजमा रहेकी कर्मचारीलाई भाई मेयरले फिर्ता बोलाए (पत्रसहित)

काठमाडौं– टेरामक्स भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा दाजु रहेका पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई मुद्दा दायर गरेको दुई घन्टा नबित्दै बाह्रबिसे नगरपालिका प्रमुख रहेका भाई बालकृष्ण बस्नेतले अनौठो चर्तिकला देखाएका छन्। 

अख्तियारसँग आक्रोशित रहेका बस्नेत परिवारका मेयरले नगरपालिकाबाट काजमा त्यहाँ पुगेकी एक कर्मचारीलाई काज फिर्ता बोलाएका छन्। यसलाई मोहनबहादुर बस्नेतमाथिको मुद्दा चलाइको आक्रोशको प्रतिशोधका रुपमा व्याख्या गर्न थालिएको छ।

कर्मचारी अम्बिका दाहाललाई फिर्ता आउन मेयरले आफैं पत्र लेखेका छन्। दाहाल चार बर्षदेखि टङ्गालस्थित अख्तियारको कार्यालयमा काजमा खटिएकी थिइन्। कतिपयले प्रतिक्रिया दिने क्रममा यसलाई संयोग मात्र मानेका छैनन्। बरु, प्रतिशोध लिएको भनी टिप्पणी गरेका छन्।
497916185_30491324290458349_790754288166432584_n-1747381788.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध