नेभिगेशन
अर्थ विविध

सुनको मूल्य ३ हजार रुपैयाँ बढ्यो, आज तोलाको एक लाख ८४ हजार ८०० पुग्यो

काठमाडौं - साताको अन्तिम दिन शुक्रबार आज सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ तोला ३ हजार रुपैयाँले बढेको हो।

शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रति तोला एक लाख ८४ हजार ८०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले घटेर प्रति तोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।बुधबार सुन तोलाको एक लाख ८५ हजार ३०० रुपैयाँ थियो।

आज चाँदीको भाउ पनि बढेको छ। चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रति तोला एक हजार ९४५ रुपैयाँ पुगेको हो।बिहीबार चाँदी तोलामा ३५ रुपैयाँ घट्दै प्रति तोला एक हजार ९२५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रवार सुनको मूल्य बढेर प्रतिऔंस ३२१९.१४ डलर भएको छ। चाँदीको भने प्रतिऔंस ३२.४४ डलर छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध