नेभिगेशन
समाज विविध

५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा जेठ २८ गते फैसला आउने

काठमाडौँ- सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको एक दर्जन रिट निवेदनमाथि २८ जेठमा निर्णय सुनाउने भएको छ ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत सहित न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. मनोजकुमार शर्मा, डा. कुमाल चुँडाल र डा. नहकुल सुवेदीको इजलासले चार सातापछि निर्णय सुनाउने मिति तोकेको हो ।

बिहीबार दुवै पक्षको बहस र जवाफी बहस समेत सुनेपछि सर्वोच्च अदालतले दुई साताभित्र (१६ जेठभित्र) बहस नोट पेश गर्न पनि दुवै पक्षलाई आदेश दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध