नेभिगेशन
राजनीति

अमरेशको प्रश्न- डेपुटी गभर्नरलाई किन गभर्नर नबनाएको ?

काठमाडौं - प्रतिनिधि सभामा गभर्नर नियुक्त नभएको विषय उठाइएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै स्वतन्त्र सांसद अमरेश कुमार सिंहले डेपुटी गभर्नरलाई किन गभर्नर नबनाएको भन्दै प्रश्न गरेका छन् ।


सांसद सिंहले महिला भएकै कारणले गभर्नर नबनाउन खोजिएको हो ? भन्दै सरकारलाई प्रश्न सोधेका छन् ।


उनले गभर्नर जस्तो पदमा राजनीतिक दलको भागबण्डा हुनु गलत भएको भन्दै पार्टीका कार्यकर्तालाई नियुक्त गर्ने प्रवृत्तिले गलत अभ्यास स्थापित हुनसक्ने बताए  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति