नेभिगेशन
राजनीति

मोहन बस्नेतको सांसद पद निलम्बन गरिएको सूचना संसदमा

काठमाडौं - सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य मोहन बहादुर बस्नेतको पद निलम्बन गरिएको सूचना संसद्लाई जानकारी गराएका छन् । बस्नेतविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा बस्नेतसहित १६ जना र २ संस्थाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उक्त सूचना संसद् सचिवालयमा पुगेसँगै सभामुख घिमिरेले मोहन बस्नेतको हकमा अख्यितार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १७ र भ्रष्टाचार निवारण ऐनको दफा ३३ को स्वतः निलम्बन हुने व्यवस्थाअनुसार उनलाई निलम्बन गरिएको संसदलाई जानकारी गराएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति