नेभिगेशन
अर्थ विविध

सुनको मुल्य तोलामा ३ हजार ५ सयले घट्यो ,कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार पाँच सय रुपैयाँले घटेर एक लाख ८१ हजार आठ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सुन तोलाको एक लाख ८५ हजार तीन सय रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ३५ रुपैयाँले घटेर एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध