नेभिगेशन
समाज विविध

रवीन्द्र मिश्र पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

काठमाडौ  अदालतले मिश्रलाई स-शरीर उपस्थित गराउन आदेश दिएको छ।
मिश्रकी पत्नीले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै अदालतमा निवेदन दिएकी छिन्।
३१ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उनलाई अदालतमा स-शरीर उपस्थित गराउन आदेश दिएको हो ।


मिश्रकी पत्नी सरिका कार्कीले आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध