नेभिगेशन
सुरक्षा–अपराध

शिव सेनाका अध्यक्ष बस्नेतविरुद्ध दुई दिन म्याद थपियो, यस्तो छ मुद्दा

काठमाडौं– आपराधिक उपद्रो अभियोगमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत बाबाविरुद्ध दुई दिन म्याद थपिएको छ। 

उनलाई प्रहरीले सुकेधाराबाट आइतबार पक्राउ गरेको थियो। आइतबार नै म्याद थप गरिएको हो। 

तीनकुने घटनामा भएको राजावादी हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोपमा बस्नेत पक्राउ गरिएका हुन्। 

मोरङको विराटनगर महानगरपालिका–३ घर भएका ४७ वर्षीय बस्नेतविरुद्ध म्याद मिलान गर्दै अदालतले २ दिनको म्याद दिएको हो।

अनुसन्धान गर्दै अन्य कसुर खुलेको अवस्थामा उक्त कसुर पनि आकर्षित हुने बताइएको छ।

१५ चैतमा भएको तीनकुने क्षेत्रमा भएको आगजनी र तोडफोडमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ।

बस्नेत पक्राउविरुद्ध शिव सेना नेपालको केन्द्रीय सचिवालयले विज्ञप्ति जारी गरेको थियो। शिव सेना नेपाल ज्ञानेन्द्र शाहको पक्षमा राजसंस्था र हिन्दूत्वको वकालत गर्दै आएको धार्मिक संगठन हो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध