नेभिगेशन
सुरक्षा–अपराध

हुन्डीको ४२ लाख जफत, प्रहरीद्वारा पक्राउ गरिएका दुई कारोबारी को–को हुन्?

काठमाडौं– लगभग ४२ लाख रुपैंया बढी रकमसहित हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ गरिएकामा खोटाङको बराहपोखरी गाउँपालिका–२ घर भएका २३ वर्षीय विजय कुमार राई र रामेछापको मन्थली नगरपालिका–६ घर भएका २८ वर्षीय खेटराज श्रेष्ठ छन्। 

राईबाट २५ लाख र श्रेष्ठबाट १७ लाख १९ हजार गरी ४२ लाख १० हजार हुन्डीको रकम समेत बरामद भएको थियो। 

उनीहरु बिशालबजार एरियाबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएका दुवै जनामाथि थप अनुसन्धान जारी छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध