नेभिगेशन
राजनीति

राष्ट्रिय सभाबाट पनि नीति तथा कार्यक्रम पारित

काठमाडौं- राष्ट्रिय सभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । यस अघि आजै प्रधानन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिएका थिए ।

आजको संसदको बैठकमा सांसदहरुले राखेका विभिन्न संशोधनहरु अस्वीकृत भएका थिए । अध्यक्ष नारायण दाहालले ध्वनी मतको आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल शुरु गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति