नेभिगेशन
राजनीति

एकीकृत समाजवादीको युवा संगठनमा लफडा, निर्णय सच्याउन चेतावनी

काठमाडौँ- नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालमा फेरि भाँडभैलो भएको छ ।

नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य समेत रहेका युवा संघका इन्चार्ज लक्ष्मण केसीले गरेको मनोमानी सच्याउन चेतावनी दिँदै युवा संघका नेताहरूले शीर्ष नेतालाई गुहारेका छन् ।

युवा संघका उपमहासचिव संजिप राई, निर्भीक खनाल, सचिवहरु भेषराज शाह र अनिल बोगटीले अन्तरपार्टी निर्देशन विपरित कार्यदल गठन गरेर जिम्मेवारीमा खटाएको भन्दै आपत्ति जनाएका हुन् । ‘हिजो इन्चार्ज कमरेडले एकाएक, युवा संघमा बाँकी रहेका पदाधिकारीहरू एवं कार्यालय कमिटीका सदस्यहरूसँग कुनै छलफल र  बैठक नै नगरी संयोजक, सहसंयोजकहरु  र पार्टी केन्द्रीय निकायको जिम्मेवारीमा रहेका कमरेडलाई समेत सदस्य तोकी कार्यदल बनाउने निर्णय गर्नुभएको प्रति हाम्रो घोर आपत्ति रहेको छ’, उनीहरूले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

निर्णय सच्चाउन माग गर्दै उनीहरूले अध्यक्ष माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल, बेदुराम भुसाल, राजेन्द्र पाण्डे तथा महासचिव घनश्याम भुसाललाई बोधार्थ दिएका छन् ।

 

494858386_703088275443585_825163385329808779_n

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

राज्यको निशानामा राजावादी