नेभिगेशन
राजनीति

दम्पत्तीसहित बेलुका प्रधानमन्त्री ओलीसँग वार्ता गरेका देउवाले किन राखे कांग्रेस पदाधिकारी बैठक?

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको छ।

सामयिक राजनीतिक विषयमा भनिएको बैठकमा विशेष विषयमा छलफल चलेको उच्च स्रोतले जनाएको छ।

यो बैठक डाक्नुअघि देउवा दम्पत्ती विहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्तामा बसेको थियो। 

पत्नी आरजु रणासहित प्रधानमन्त्री ओलीसँग वार्ता गरेका देउवाले लगत्तै पदाधिकारी बैठक डाकेका थिए। बैठक जारी रहेको बताइन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति