नेभिगेशन
राजनीति

काठमाडौंमा रहेका भाजपा नेता कोश्यारीसँग गृहमन्त्री लेखकको के–के कुरा भयो?

काठमाडौं– भारत र पाकिस्तानबीच युद्ध चलिरहेका बेला काठमाडौंमा रहेका भारतीय जनता पार्टी (भाजपा)का बरिष्ठ नेता भगतसिंह कोश्यारीले गृहमन्त्री रमेश लेखकसँग भैंसेपाटीमा भेट गरेका छन्।

भाजपाका पूर्वउपाध्यक्ष तथा महाराष्ट्र राज्यका पूर्वराज्यपाल समेत रहेका कोश्यारी नेपाल भारत उच्च स्तरीय प्रभुवत्व समितिका समेत संयोजक हुन्। भेटका क्रममा भारत र पाकिस्तानबीच भैरहेको युद्ध र त्यसको प्रभावका विषयमा कुराकानी भएको थियो। 

नेपाल कुनै पनि आतंकवादी गतिविधिको बिरोधमा रहेको र भारतको पक्षमा रहेको लेखकले जानकारी गराएका थिए। त्यसअघि नेपालको परराष्ट्र मन्त्रालयले पहलगाम आतंकवादी हमलाको बिरोधसहित अहिले भैरहेको युद्धमा भारतको साथमा रहेको विज्ञप्ति जारी गरेको थियो। 

गएराती मात्र पाकिस्तानी सेनाले भारतका विभिन्न ठाउँमा ड्रोन र मिसाइल आक्रमण गरेको थियो। जसका कारण जारी इन्डियन प्रिमियर लिग (आईपीएल) समेत प्रभावित भयो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति