नेभिगेशन
राजनीति

भ्रष्टाचार देशको साझा रोग हो, आरोप–प्रत्यारोप गरेर मात्र समाधान हुँदैन : ठाकुर गैरे

काठमाडौं- सत्तारुढ नेकपा (एमाले) का सांसद ठाकुर गैरेले भ्रष्टाचार र कमिसनको समस्या कुनै एक व्यक्ति वा दलको मात्र नभई सम्पूर्ण देशको साझा रोग भएको उल्लेख गर्दै यसको अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्ष सबैको सामूहिक प्रतिवद्धता आवश्यक रहेको बताएका छन् ।

आज (बिहीबार) प्रतिनिधि सभामा सरकारको अगामी आर्थिक वर्षकको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद गैरेले भ्रष्टाचारको समस्या आरोप–प्रत्यारोप गरेर मात्र समाधान नहुने स्पष्ट पारे । उनले भ्रष्टाचारमा संलग्न जुनसुकै दल र ओहोदाको व्यक्ति भए पनि उन्मुक्ति पाउन नहुने सांसद गैरेको भनाइ छ । उनले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सकारात्मक रहेको समेत बताए ।

उनले शिक्षा, निजामति, प्रहरीसम्बन्धी विधेयकहरू यही अधिवेशनबाट पारित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य रहेको बताए । सरकारले अघि सारेका नीति तथा कार्यक्रमहरूको सफल कार्यन्वयनको लागि सबैले सहयोग गर्न जरुरी रहेको उनको भनाइ छ । उनले सरकारले अघि सारेका युवा लक्षित कार्यक्रमहरूको सफल कार्यान्वयन गर्नसके बढ्दो युवा पलायन रोक्न सकिने उल्लेख गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति