नेभिगेशन
खेलकुद

साम्बाको ह्याट्रिकमा गुइगाम्पको जित

काठमाडौं -फ्रान्सको लिग खेलिरहेकी  सावित्रा भण्डारी ‘साम्बा’ ले ह्याट्रिक गरेकी छन् । साम्बाको ह्याट्रिकमा फ्रेन्च क्लब एन अभेन्ट गुइगाम्पले फ्रेन्च महिला लिगमा जित हासिल गरेको छ ।

बुधबार सम्पन्न खेलमा गुइगाम्पले सेन्ट एटिनलाई ३-२ गोलले पराजित गरेको थियो । 

खेलमा साम्बाले ५७औ, ८५औ र ९५औ मिनेटमा गोल गरकी थिइन् । खेलमा सेन्ट एटिनले दुई पटकसम्म अग्रता बनाएपनि दुवै पटक साम्बाले गोल गर्दै गुइगाम्पलाई जिताएकी थिइन् ।

यो जितपछि गुइगाम्पले २२ खेलमा ९ अंक जोडेको छ र अंकतालिकामा भने १२औं स्थान अर्थात पुछारमा रहेर यो सिजनको अन्त्य गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

नेपाल र हङकङबीचको खेल रद्द