नेभिगेशन
खेलकुद

आर्सनललाई हराउदै पिएसजी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं - पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा आर्सनललाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ३-१ को नतिजा सहित पिएसजी च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।


यसअघि पहिलो लिगमा पिएसजीले आर्सनललाई १-० ले पराजित गरेको थियो ।


पिएसजीको जितमा फाबियन रुइज र अश्चरफ हाकिमीले एक एक गोल गरेका थिए । त्यसैगरी आर्सनलका लागि बुकाया साकाले एक गोल फर्काएका थिए ।


अब पिएसजीले च्याम्पियन्स लिगको फाइनलमा इटालियन क्लब इन्टर मिलानको सामना गर्ने छ । च्याम्पियन्स लिगको फाइनल खेल आगामी जुन १ मा म्युनिखस्थित एलिनाज एरिना स्टेडियममा हुने छ ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

नेपाल र हङकङबीचको खेल रद्द