नेभिगेशन
खेलकुद

मुम्बईलाई हराउदै गुजरात शिर्ष स्थानमा उक्लियो

काठमाडौँ - गुजरात टाइटन्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले मुम्बईलाई डिएल मेथड अनुसार ३ विकेटले पराजित गरेको हो  ।

मुम्बईले दिएको १५५ रनको लक्ष्य पछाएको खेल बर्षाले प्रभावित भएपछि डिएल मेथड अनुसार १९ ओभरमा १४७ रनको लक्ष्य दिइएको थियो । सो लक्ष्य गुजरातले ७ विकेट गुमाउदै पुरा गरेको थियो ।

गुजरातका लागि कप्तान शुभमन गिलले ४३ रन बनाए भने जोस बटलरले ३०, शेरफान रथरफोर्डले २८, राहुल तेबातियाले अविजित ११, गेराल्ड कोएत्जेले १२ रन बनाएका थिए ।

त्यस्तै मुम्बईका ट्रेन्ट बोल्ट, जसप्रित बमराह र आश्विनी कुमारले २-२ विकेट लिए भने दीपक चहरले एक विकेट लिए ।

यसअघि मुम्बईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाउदै १५५ रन बनाएको थियो । मुम्बईका लागि विल ज्याकले सर्बाधिक ५३, सूर्यकुमार यादवले ३५ र कोर्बिन बोशले २७ रन बनाएका थिए ।

त्यस्तै गुजरातका बलर साई किशोरले २ विकेट लिए भने मोहमद सिराज, अर्षद खान, प्रसिद्ध कृष्ण, राशिद खान र गेराल्ड कोएत्जीले एक एक विकेट लिएका थिए।

यो जितपछि गुजरात टाइटन्स शिर्ष स्थानमा उक्लिएको छ । गुजरातको ११ खेलमा १६ अंक रहेको छ । त्यस्तै मुम्बईको १२ खेलमा १४ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा झरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद