नेभिगेशन
खेलकुद

क्रिस्टियानो रोनाल्डोका छोरा रोनाल्डो जुनियर पोर्चुगलको यू-१५ टोलीमा

काठमाडौ - पाँच पटकका बालोन डि'ओर विजेता क्रिस्टियानो रोनाल्डोका जेठा छोरा क्रिस्टियानो डोस सान्तोस (रोनाल्डो जुनियर) लाई मंगलबार पहिलो पटक पोर्चुगलको यू-१५  राष्ट्रिय टोलीमा बोलाइएको छ।

१४ वर्षीय रोनाल्डो जुनियर हाल आफ्नो बुबा रोनाल्डोसँगै साउदी अरेबियाको अल-नासरको युथ टोलीका लागि खेल्छन्।

रोनाल्डोका पूर्व क्लब म्यानचेस्टर युनाइटेड र युभेन्टसको उमेर समूहको टोलीबाट जुनियरले खेलेका थिए। 

पोर्चुगलको यू-१५ टोलीले मे १३ देखि १८  सम्म क्रोएसियामा हुने भ्लाट्को मार्कोभिक युवा प्रतियोगितामा जापान, ग्रीस र इंग्ल्याण्डको सामना गर्नेछ।

स्पेनिस क्लब रियल म्याड्रिडका शीर्ष गोलकर्ता रोनाल्डो ४० वर्षको उमेरमा अझै पनि पोर्चुगलका लागि खेलिरहेका छन्।

पोर्चुगलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता रोनाल्डोका पाँच सन्तान छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद