नेभिगेशन
राजनीति

विद्युत प्राधिकरणको श्वेतपत्र बारे महालेखाले प्रष्टीकरण दिनुपर्छ- सुमना श्रेष्ठ

काठमाडौँ -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले विद्युत प्राधिकरणले जारी गरेको श्वेत पत्र बारे महालेखापरिक्षकको कार्यालयसँग प्रष्टीकरण माग गरेकी छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद श्रेष्ठले प्राधिकरणको श्वेतपत्रमा कुलमान घिसिङले दावी गरे जस्तो नाफामा हैन घाटामा छ भन्ने भाष्य स्थापित गर्न खोजिए जस्तो देखिएको उल्लेख गर्दै सरकारी संस्थान भएकोले प्राधिकरणको वित्तिय अवस्थाको लेखाजोखा महालेखापरिक्षक कार्यालयले गर्ने र यस बारेमा महालेखाले प्रष्टीकरण दिनुपर्ने उल्लेख गरेकी हुन् । 
   
उनले भनेकी छन्- 

विद्युत प्राधिकरणको हालसालै सार्वजनिक भएको श्वेतपत्रमा प्राधिकरण कुलमानजीले दावी गरे जस्तो नाफामा हैन घाटामा छ भन्ने भाष्य स्थापित गर्न खोजिए जस्तो देखियो ।  

सरकारी संस्थान भएकोले प्राधिकरणको वित्तिय अवस्थाको लेखाजोखा हरेक साल महालेखापरिक्षक कार्यालयले गर्छ, कार्यकारीले मनपरी तथ्याङ्क राखेको भए मलेपले सच्याउथ्यो होला, अहिले आएर सबै गलत भन्नु यसैको लागि बनेको संवैधानिक निकाय मलेपको विश्वसनीयतामा प्रश्न उठाउनु हो। 

यो नितान्त प्राविधिक विषय भएकोले मलेपले आममानिसले समेत बुझ्ने गरेर प्रष्टिकरण दिन्छ भन्ने आशा लिएकी छु, संसद् लेखा समितिमा पनि यो विषयमा खोज गरोस् । नेपाल विद्युत प्राधिकरण कमै मात्र सरकारी संस्थामध्ये एक हो जसको कामबाट आमजनता सन्तुष्ट  छन्, यसमा निवर्तमान कार्यकारी कुलमानजी, उहाँ अघिका कार्यकारी र सबै कर्मचारी सबैको महत्वपूर्ण योगदान छ । 

उर्जा मन्त्रीले कुलमानजीको योगदानको अनादर गरेर सार्वजनिक वक्तव्य दिरहनु हुन्छ, यो श्वेत पत्र पनि त्यसैको निरन्तरता मात्र होइन भन्ने आशा लिएकीछु ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति