नेभिगेशन
राजनीति

रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन, राजा बाघ हो- ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कसैको राजनीतिक आस्थामाथि प्रहार नगर्न चेतावनी दिएका छन् । 

प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै सांसद शाहीले कसैको राजनीतिक आस्थामाथि प्रहार नगर्न आग्रह गर्दै राजसंस्थालाई छलकपटबाट फालिएको आरोप लगाएका छन् । 

सांसद शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बाघको संज्ञा दिँदै रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्न नसक्ने बताए । उनले भने-  'कसैको राजनीतिक आस्थामाथि ठाउँ ठाउँमा प्रश्न भएको छ । अघि यहाँ एक जना माननीयज्यूले भन्नुभयो । बाघ होइन भन्नुभयो । बाघ बाघै हो । रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन । राजा बाघ नै हो ।’सांसद डा. शाहीले अहिलेको संविधान र व्यवस्था विदेशीहरूले ल्याइदिएको दाबि गरे।

उनले भने- ‘तपाईँहरूको यो क्रान्ति केके भन्नुहुन्छ, कहाँबाट आयो भन्ने कुरा त स्पष्ट थाहा छ नि । हरेकको जन्म त विदेशमै भएको हो नि त । चाहे १२ बुँदेको कुरा गर्नुस्, चाहे नेताहरू लुक्ने कुरा गर्नुस्, यो मैले भनेको होइन ।

पूर्वराजदूतहरूले बोलेका स्टेटमेण्ट हेर्नुस् न । स्वयं भारतका तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले संसद्मा बोलेको तपाईँहरूले राजा कसरी फाल्नुभयो, विदेशीको आडमा स्पष्ट भन्नुभएको छ ।

यो संविधान र व्यवस्था त उनीहरूले ल्याइदिएको हो नि त । त्यसैले राष्ट्रवादी भनेको राष्ट्रवादी हुन्छ, बाघ बुढो भए पनि बाघै हो । बिरालोको रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन्छ त ? त्यसैले यो देशको इतिहास हो राजसंस्था । बाघ बाघै हो । रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन, राजा बाघ हो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

एमाले धनुषाको अधिवेशन स्थगित