नेभिगेशन
खेलकुद

दिल्ली र सनराइजर्सबीचको खेल बर्षाले रद्ध

काठमाडौँ - दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीचको खेल बर्षाले रद्द भएको छ । 

गएराती पहिलो इनिंगपछि हैदरावादमा ठुलो बर्षा हुदा खेल रद्द भएको हो । 

पहिलो इनिंगमा दिल्ली क्यापिटल्सले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १३३ रन बनाएको थियो ।  तर त्यसपछि वर्षाले दोस्रो इनिंग शुरु नै हुन सकेन र खेल रद्द गरिएको थियो । खेल रद्द भएपछि दुवैले एक एक अंक बाँडेका छन् ।

यो खेलपछि दिल्लीको ११ खेलमा १३ अंक भएको छ र हाल पाँचौं स्थानमा रहेको छ ।  त्यस्तै सनराइजर्स हैदरावादको भने ११ खेलमा ७ अंक भएको छ र प्लेअफको दौड औपचारिक रुपमा समाप्त भएको छ । सनराइजर्स हाल आठौं स्थानमा रहेको छ ।       

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद