नेभिगेशन
राजनीति
सत्ता राजनीति

चौथाईबाले नयाँ दिल्ली गएपछि ओली–प्रचण्ड भेटको अर्थ

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आइतबारको भेटलाई अनेक कोणमा ब्याख्या गर्न सकिने शंकास्पद मानिएको छ।

यो भेटमा ओलीका निकटस्थ अग्नी खरेल अनि प्रचण्डका पनि उपमहासचिव बर्षमान पुनको सहभागीता रहनुले पनि यसलाई अझ रोचक हिसाबले ब्याख्या गर्न सकिने सरलता दिएको छ। 

त्यसअघि यहि नयाँ सदन बनेपछि पुस १० मा एमाले समर्थनमा प्रधानमन्त्री पदमा प्रचण्ड बहाल भएको र सहमतिको खाका कोरिएको विषयमा फर्किनुपर्ने हुन्छ। 

कांग्रेसलगायतको गठबन्धनको चुनाव लडी ३२ सिट ल्याएका प्रचण्ड पहिलो कार्यकालका लागि आलोपालो प्रधानमन्त्री बन्ने वार्तामा कांग्रेस सभापति शेरबहादुर देउवासँग बालुवाटारमा रहेका थिए। 

बुढानिलकण्ठको घर मर्मतमा समय लागिरहेका बेला बालुवाटार निवासबाट नसर्नेगरी देउवाले एउटा अडान कायम राखे ‘कि पहिलो कार्यकालको प्रधानमन्त्री म आफैं बन्छु।’

प्रचण्ड यसमा सहमत हुन सकेनन्। बैठक लामो चलिरहेको थियो।

यता बालुवाटारमा जनार्दन शर्मासहित प्रचण्ड बैठकमा रहँदा उता ओलीको निजी निवास बालकोटमा बर्षमान पुनसहित विभिन्न नेताको आवत जावत पनि बढिरहेको थियो। 

केही समयमा रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत अध्यक्ष सीके राउत, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पनि बालकोट पुगिसकेका थिए। 

प्रचण्ड खुमलटारमा खाना खाएर देउवासँग वार्ताका लागि फेरि बालुवाटार जाने तयारीमा रहँदा उनलाई ओलीको फोन आयो, सोही फोनमा बर्षमान पुनसमेत बोलेपछि गाडी भक्तपुरतिर मोडियो।

लामो समयसम्म वार्ता भएपछि राष्ट्रपति, सभामुख एमालेलाई प्रधानमन्त्री माओवादीलाई, उपसभामुख रास्वपालाई दिनेलगायतका सत्ता बाँडफाँडमा लिखित समझदारी बन्यो। 

र, तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरिन्।

495280663_10233081932023817_6052028717755608958_n-1746420039.jpg
 यसबेला पनि भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख रहेका बिजय चौथाईबाले काठमाडौं आएर फर्किएका थिए। देउवाले प्रधानमन्त्री पद नपाउने निधो भएपछि एमाले र माओवादी समीकरणको सरकार बनेको थियो। 

आइतबार सिंहदरबारमा भएको भेटलाई यस कसीमा राखेर समेत हेर्नुपर्ने बताइन्छ। ‘नेपालको सत्ता राजनीतिमा जे पनि हुने स्थिति हुन्छ। त्यहि परिवेशको वार्ताको खाका कोरिएको छ’, उच्च स्रोतले भन्यो,‘भन्नका लागि वार्ता अर्को शिर्षकमा भएको भनिएला, तर जसरी ओलीमाथि त्यसबेला पनि प्रचण्ड खनिएका थिए र प्रधानमन्त्री बने। अहिले पनि ओलीविरुद्ध आगो ओकल्दा ओकल्दै विशेष बैठकमा पुगेका छन्।’

एमाले र माओवादीले यो भेटलाई संक्रमणकालिन न्यायको विषयमा भनेर ब्याख्या गरे पनि प्रचण्डले चीननिजक रहेका उपमहासचिव बर्षमान पुनलाई लैजानु र कांग्रेस सभापति शेरबहादुर देउवा या उनका प्रतिनिधिरहित वार्ता गर्नुलाई शंकास्पद, नयाँ प्रक्षेपण र सन्दर्भमा ब्याख्या गर्नेगरी अथ्र्याउन सकिने सुविधा दिन्छ।

संक्रमणकालिन न्यायका विषयमा दुई दलका शीर्ष नेता बसेर मात्र कुरो टुङ्गोमा नपुग्ने तथा कांग्रेसको अनिवार्य सहभागिताबिना सहमति समेत नबन्ने भएकाले यस भेटलाई शंकाको घेरामा राखिनुपर्ने बताइएको छ।

शुक्रबार मात्र उनै चौथाईबाले नेपालका सबै मुख्य राजनीतिक दलका शीर्ष नेतालाई भेट गरी नयाँ दिल्ली फर्किएका थिए। उनले त्यस भेटका क्रममा राजनीतिक सन्देश समेत दिएको चर्चा सेलाउन नपाउँदै ओली–प्रचण्ड भेट नयाँ मोडको संकेत हुन सक्ने बताइन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

एक युगका ब्रेकिङ न्यूज