नेभिगेशन
राजनीति

राप्रपामा बसेर भविष्यमा कमाउँछु भन्ने उद्देश्य राखेको भए आजै पार्टी छोड्न लिङदेनको चेतावनी

काठमाडौँ- राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी अब नेपालको नम्बर एक भ्रष्टाचार विरोधी पार्टी हुने बताएका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राप्रपामा आएर भ्रष्टाचार गर्छु भनेर कसैले सोचेको छ भने त्यस्ता व्यक्तिलाई नआउन आग्रह गरे ।

उनले भने, ‘कोही भ्रष्टाचारीहरू भ्रष्टाचार गर्ने मनसायका साथ भविष्यमा कमाउने मौका पाइन्छ भनेर लागेको भए अहिले नै फर्के हुन्छ । कोही कुनै आवरणमा बसिरहेको छ भने बाटो लागे हुन्छ । यहाँ त्यस्तो उपाय हुँदैन ।’

अध्यक्ष लिङदेनले राप्रपा सुशासनको पक्षधर पार्टी बनिसकेको दाबी गरे । भ्रष्टाचार गर्ने जोसुकै भए पनि दण्डित हुनुपर्ने उनको भनाइ छ ।

उनले सबैभन्दा धेरै भ्रष्टाचार गर्ने नेताहरूले नै भएको दाबी गर्दै २०४६ पछि सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग अघि सारे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति