नेभिगेशन
राजनीति

कांग्रेस बैठकमै गगनमाथि खनिए मोहन बस्नेत : कोही सग्लो छैन ,पालो सबैको आउँछ

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगनकुमार थापाकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको दाबी गरेका छन् । 

कांग्रेसको केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा उनले अख्तियारले महामन्त्री थापाकै कारण आफूमाथि छानबिन अघि बढाएको दाबी गरेका हुन् । 

बैठकमा सहभागी एक केन्द्रीय सदस्यले नेता बस्नेत महामन्त्री थापाप्रति आक्रोशित ढंगले प्रस्तुत भएको जानकारी दिए । 

ती केन्द्रीय सदस्यका अनुसार नेता बस्नेतले ढिलो–चाँडो सबैको पालो आउने चेतावनीसमेत दिए । 

‘ढिलोछिटो पालो सबैको आउँछ,’ बस्नेतले बैठकमा आक्रोश पोखे, ‘कोही चोखो हुने वाला छैन ।’
 
अख्तियारले उनीविरुद्ध टेरामक्स प्रकरणमा अनुसन्धान अघि बढाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनलाई अदालतले २५ लाख धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति