नेभिगेशन
राजनीति

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

काठमाडौँ- राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक २०८२ बहुमतले पारित गरेको छ । 

बुधबार बसेको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राखेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८२ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

यस्तै बैठकले बजेट आश्रित आर्थिक विधेयक २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

त्यस्तै बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयकलाई पारित गरियोस् भन्ने अर्थमन्त्रीको प्रस्तावलाई पनि पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही असार २० गते शुक्रबार बोलाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति