नेभिगेशन
खेलकुद

बायर्न म्युनिखले जित्यो बुण्डेसलिगाको उपाधि

काठमाडौँ - बायर्न म्युनिखले यस सिजनको बुण्डेसलिगाको उपाधि जितेको छ ।

गएराती आरबी लेइपजिंगसँगको खेल ३-३ गोलको बराबरी खेलेसँगै बायर्नले लिगको उपाधि जितेको हो ।बायर्न म्युनिखले यस सिजनका दुई खेल खेल्न बाँकी हुदै बुण्डेसलिगाको उपाधि जितेको छ ।हाल ३२ खेलमा ७६ अंकसहित शिर्ष स्थानमा रहेको बायर्न दोस्रो स्थानमा रहेको लिभरकुसेनभन्दा ८ स्पष्ट अंकले अगाडी रहेको छ ।

बायर्न म्युनिख जर्मन लिग बुण्डेसलिगाको उपाधि सबैभन्दा बढी पटक जित्ने क्लब हो । बायर्नले योसहित अहिलेसम्म ३३ उपाधि जितेको छ ।बायर्नपछि बोरुसिया डोर्टमण्डले ५ पटक लिग को उपाधि जितेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद