नेभिगेशन
खेलकुद

राजस्थानमाथि कोलकोताको रोमाञ्चक एक रनको जित

काठमाडौँ - कोलकोता नाइट राइडर्सले राजस्थान रोयल्समाथि जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा कोलकोताले राजस्थानमाथि रोमाञ्चक एक रनको जित हासिल गरेको छ ।

कोलकोताले दिएको २०७ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउदै २०५ रन बनाएको थियो ।

राजस्थानका लागि कप्तान रियान परागले सर्बाधिक ९५ रन बनाएका थिए । त्यस्तै यशस्वी जैसवालले ३४, शिमरन हिटमेयरले २९, शुभम दुबेले अविजित २४ रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो ।

कोलकोताका लागि आन्द्रे रसेलले ५७ रन बनाएका थिए भने अंगक्रिश रघुबंशीले ४४, रह्मनुल्लाह गुरबाजले ३५, कप्तान आजिख्य रहानेले ३० र रिंकु सिंहले अविजित १९ रन बनाएका थिए ।

यो जितपछि कोलकोताको ११ खेलमा ११ अंक भएको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ । त्यस्तै राजस्थानले भने नवौं हार बेहोरेको छ । राजस्थानको १२ खेलमा ६ अंक रहेको छ र आठौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद