नेभिगेशन
पूर्वाधार

वर्षाका कारण सवारीसाधन चिप्लिन थालेपछि दाउन्ने सडक अवरुद्ध

काठमाडौँ - नारायणघाट- बुटवल सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गए रातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध भएको हो । प्रहरीले यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्न समेत आग्रह गरेको छ । 

हाल सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ देखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ। 

रातिदेखि नै बन्द भएको यस सडक वर्षाका कारण आवागमन बन्द भएपछि सवारीसाधनको लाइन लामो हुँदै गएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पूर्वाधार

दोर्दी जोड्ने सडक अन्तिम चरणमा