नेभिगेशन
खेलकुद

चेन्नईमाथि रोयल च्यालेन्जर्स बैंगलुरुको रोमाञ्चक जित

काठमाडौँ - रोयल च्यालेन्जर्स बैंगलुरुले चेन्नई सुपर किंग्समाथि रोमाञ्चक जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले २ रनको रोमाञ्चक जित हासिल गरेको हो ।


रोयल च्यालेन्जर्स बैंगलुरुले दिएको २१४ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर २११ रन बनाएको थियो ।


चेन्नईका लागि आयुष मात्रेले सर्बाधिक ९४ रन बनाएका थिए भने रविन्द्र जडेजाले अविजित ७७ रन बनाएका थिए ।


यस अघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्स बैंगलुरुले २० ओभरमा ५ विकेट गुमाउदै २१३ रन बनाएको थियो ।


बैंगलुरुका लागि विराट कोहलीले सर्बाधिक ६२ रन बनाएका थिए भने जाकोब बेथेलले ५५ रन बनाएका थिए । त्यस्तै रोमारियो शेफर्डले १४ बलमा अविजित ५३ रन बनाएका थिए ।


यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरु पुन: शिर्ष स्थानमा उक्लिएको छ । बैंगलुरुको ११ खेलमा ८ जितसहित १६ अंक भएको थियो ।


चेन्नई भने यस अघि नै प्लेअफको दौडबाट बाहिरिएको छ । चेन्नईको ११ खेलमा ४ अंक रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद