नेभिगेशन
राजनीति

सरकारको नीति तथा कार्यक्रममाथि २२ गतेदेखि छलफल हुने

काठमाडौँ- सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा वैशाख २२ गतेदेखि छलफल सुरु हुने भएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सरकारको नीति कार्यक्रममाथि वैशाख २२ गतदेखि २८ गतेसम्म छलफल गर्ने कार्यसूची तय भएको जानकारी दिए ।

सभामुख घिमिरेका अनुसार २८ गते नै प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

त्यस्तै, नीति तथा कार्यक्रममाथि संशोधनका लागि वैशाख २० र २१ गते कार्य व्यवस्था शाखामा संशोधनको सूचना दिन सकिने उनले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

एमाले संसदीय दलको बैठक आज बस्दै