नेभिगेशन
खेलकुद

लखनउलाई हराउदै मुम्बई आइपिएलको दोस्रो स्थानमा उक्लियो

काठमाडौँ -मुम्बई इण्डियन्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । जारी आइपिएल अन्तर्गतको खेलमा मुम्बईले लखनउलाई ५४ रनले पराजित गरेको हो ।

मुम्बईले दिएको २१६ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा अल आउट हुदै १६१ रन बनाएको थियो ।

लखनउका लागि आयुश बदोनीले सर्बाधिक ३५ रन बनाए भने मिचेल मार्शले ३४, निकोलस पुरनले २७, डेभिड मिलरले २४ रन बनाएका थिए ।

त्यस्तै मुम्बईका बलर जसप्रित बुमराहले सर्बाधिक ४ विकेट लिए भने ट्रेन्ट बोल्टले ३ र विल ज्याकले २ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउदै २१५ रन बनाएको थियो । मुम्बईका लागि रयान रिकेलटनले ५८, सूर्यकुमार यादवले ५४, विल ज्याकले २९, नमन धिरले २५ र कोर्बिन बोसचले २० रनले बनाएका थिए । त्यसैगरी लखनउका मयंक यादव र आभेश खानले २-२ विकेट लिएका थिए ।


यो जितपछि मुम्बई इण्डियन्स अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । मुम्बईको १० खेलमा १२ अंक रहेको छ ।  त्यसैगरी लखनउको भने यो पाँचौं हार हो । १० खेलमा ५ जित र ५ हार बेहोरेको लखनउ हाल छैटौं स्थानमा रहेको छ ।
 
     

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद