नेभिगेशन
राजनीति

आन्दोलनकारी शिक्षकहरुलाई सुमनाको सम्बोधन- जुन नेतालाई बुई चढाउनुभयो, तिनैले यो के गरे?

काठमाडौ - पुर्व शिक्षामन्त्री तथा सासद सुमना श्रेष्ठले  आन्दोलनकारी शिक्षकहरुलाई तपाईंहरुले जुन नेतालाई बुइँमा चढाई-चढाई सबैतिर पुर्याउनुभयो उसैले उदाङ्गो बनाएकाे बताएकि छन् ।

आइतबार आन्दोलनको क्रममा शिक्षकमाथी सरकारले दमन गरेको भन्दै आन्दोलन शिक्षकलाई अझै पनि कुनै राजनीतिकर्मी वा पार्टीको छत्रछायाँमा बसिरहनुहुन्छ? भन्दै प्रश्न गरेकी छन् ।

उनले सामाजिक संजालमा यस्तो लेखेकी छन् 

जो नेताहरूलाई तपाईंहरूले बुइँमा चढाई-चढाई सबैतिर पुर्याउनुभयो, आज वहाँहरूले तपाईंहरू माथि गरेको दमनले वहाँहरूको नैतिकता र चरित्रबारे उदाङ्गो पारिदिएको होला। 

सदनमा र भाषणमा राजनीतिकर्मीहरू जस्तो सुकै गरेर प्रस्तुत भए पनि, तपाईंहरूलाई कसरी हेरिन्छ — अब त बुझ्नुस्।

पहिले देशको व्यवस्था परिवर्तन गर्न तपाईंहरूले विभिन्न काल खण्डमा योगदान दिनु भयो। तपाईहरुले व्यवस्था परिवर्तन गर्दा देशको नेतृत्व सम्हाल्नेहरूको संस्कार परिवर्तन गर्न भने हामी अहिलेसम्म असफल देखिएका छौ।अब यो संस्कार परिवर्तन गर्न तपाईंहरू पनि शामेल हुनुस्।

यत्रो दिन आन्दोलनरत रहँदा समेत तपाईंहरूसँग राम्ररी न वार्ता गर्न सक्ने, न त तथ्यगत आधारमा negotiate गर्न सक्ने — तपाईंहरूको आत्मसम्मानमा लागेको चोटलाई पनि सम्झेर अब त मनन गर्नुहोस्, यो तानाशाह प्रवृत्ति र चरित्रलाई अस्वीकार गर्नुहोस्। अब पनि तपाईंहरूले सत्य र न्यायको पक्ष लिनुहुन्छ भने पार्टीको सदस्यता त्यागिदिनुहोस्।

अब तपाईंहरूले छान्ने बेला आयो। विधिसम्मत बस्नुहुन्छ कि, अझै पनि कुनै राजनीतिकर्मी वा पार्टीको छत्रछायाँमा बसिरहनुहुन्छ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति