नेभिगेशन
राजनीति

गणतन्त्रमाथि कालोबादल मडारिएको छ : सांसद केसी

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी मुलुकमा भ्रष्टाचार बढेकै कारण लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि कालो बादल मडारिएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको आज (आइतबार) को बैठकमा बोल्दै उनले अहिले मुलुकमा भ्रष्टाचार चरमचुलीमा पुगेको बताए । उनले गणतन्त्रवादी दलहरू भ्रष्टाचारमा लिप्त हुँदा प्रतिगामीहरुले गणतन्त्र, लोकतन्त्र उल्ट्याउने र राजतन्त्र भएपछि मुलुक स्वर्ग हुन्छ भन्ने झुटको खेती गरिरहेको बताए । उनले मुलुक र व्यवस्था जोगाउनको लागि आम नागरिक सचेत हुन आवश्यक रहेको बताए ।

‘अहिले देशमा भ्रष्टाचार चरमचुलीमा पुगेको छ । एउटा विमानस्थल बनाउँदा १० अर्ब लुट्ने भनेपछि त त्यो बाहिरकाले खाएको छ ? विदेशीहरुले आएर खाएको छ ? शिक्षकहरुको समस्या त्यस्तै छ,’ उनले भने, ‘तैपनि अहिलेको स्थितिमा गणतन्त्र, लोकतन्त्र र धर्म निरपेक्षतामाथि जुन खालको कालो बादल मडारिएको छ । त्यसका बारेमा सबै राजनीतिक पार्टीहरू खासगरेर लोकतन्त्र र गणतन्त्रवादीहरू सचेत हुनुपर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति