नेभिगेशन
समाज विविध

आन्दोलनरत शिक्षकलाई पालिकाले भन्यो: पढाई भएको दिनको मात्रै तलब दिन्छौं

काठमाडौं - देशभरका शिक्षकहरु काठमाडौंकेन्द्रित आन्दोलनमा सहभागी भएपछि स्याङ्जाको  हरिनास गाउँपालिकाले विद्यालयमा पढाई भएको दिनको मात्रै तलब निकासा गर्ने भएको छ ।

हरिनास गाउँपालिकाका अध्यक्ष  खिमनारायण मानन्धरले बुधबार पालिकाभरका सम्पूर्ण सामुदायिक विद्यालयहरलाई पत्र लेख्दै  नपढाएको दिनको तलब नदिइने जानकारी गराएका हुन् ।

गाउँपालिकाबाट लेखिएको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा नेपाल भरका शिक्षकहरु विभिन्न माग राखी आन्दोलनमा रहेको कुरा सर्वविदितै छ । हरिनास गाउँपालिकाभरिका विद्यालयहरुका शिक्षक, कर्मचारी तथा बाल शिक्षकहरुको विद्यालयमा पढाई भएको दिनदेखिको मात्रै तलब निकासा हुने सम्पूर्णमा अनुरोध छ ।’

palika-letter-1745458393.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध