नेभिगेशन
सुरक्षा–अपराध

नेपाल प्रहरीका पूर्वआईजी दुर्लभकुमार थापाको निधन, वर्तमान आईजी थापाले दिए श्रद्धा सुमन

काठमाडौं– नेपाल प्रहरीका पूर्वमहानिरिक्षक (आईजी) दुर्लभकुमार थापाको ९७ बर्षको उमेरमा मंगलबार निधन भएको छ।

नेपाल प्रहरीका कुशल अभिभावक गुमाउनु पर्दा संगठन नै दुखी भएको भन्दै आईजी दीपक थापाले श्रद्धासुमन दिएका छन्। 

निधन भएका दुर्लभकुमार थापा २०३५ सालमा नेपाल प्रहरीका आईजी भएका थिए। उनले चार बर्षसम्म संगठनलाई नेतृत्व दिए। 

उनी खड्गजित बरालको उत्तराधिकारीका रुपमा नेपाल प्रहरी संगठनको प्रमुखमा आएका थिए। 

प्रहरी संगठन स्थापनायता निधन भएका दुर्लभकुमार नवौं आईजी थिए। हाल नेपाल प्रहरी प्रमुखका रुपमा ३१औं आईजीमा हालै मात्र दीपक थापाले नेतृत्व सम्हालेका छन्।

492138165_995659499363240_6102683305174329486_n-1745376949.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध