नेभिगेशन
सुरक्षा–अपराध

मोरङमा हेरचाह गर्न अह्राएका काकाले भतिजीको बलात्कारपछि हत्या गरे, अश्लील भिडिओ हेरका थिए!

बिराटनगर– मोरङको धनपालथान गाउँपालिकाकी एक ७ बर्षिया बालिकाको बलात्कारपछि हत्यामा उनका काकाको संलग्नताको अभियोगमा प्रहरीले अनेक अनुसन्धान जारी राखेको छ।

धनपालथान गाउँपालिका–५ की ७ वर्षीया अक्षय सरदारकी ७ वर्षीया छोरी आत्तिका सरदारको शव शनिबार बिहान घरबाट करिब एक सय मिटर पर फेला परेको थियो।

घटनाको अनुसन्धानका क्रममा बालिकाकै २२ वर्षीय काका अनिष सरदारको संलग्नता खुलेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो।

सुरुमा घटनामा संलग्नता अस्वीकार गरेका उनले पछि स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेका अनिषमाथि कर्तव्य ज्यान र हाडनाता करणी मुद्दामा म्याद थप गरी अनुसन्धान जारी राखिएको छ।

घर बनाउने मजदुरकी छोरी आत्तिकाीलाई हजुरआमा र काकाको जिम्मा लगाउँथे। काम जाने क्रममा यसरी हेरचाह र जिम्मा लगाउने गरिएको थियो। 
अक्षय सरदार धर्मकर्मका लागि भारत कटिहारमा रहेको मनिहारीघाट गए भने उनकी पत्नी माइती गइन्। 

प्रहरीका अनुसार अक्षयकी आमा गाउँमा मदिरा पसल चलाउँछिन्। शुक्रबार बेलुका उनले नाती–नातिनीलाई सुताउनु है भन्दै आफ्नो कान्छो छोराको जिम्मा लगाइन्। 

खाना खाइसकेपछि भतिज र भतिजीलाई लिएर अनिष सुत्न गएका थिए।

राति अबेरसम्म उनले ‘अश्लील भिडियो’ हेरेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ।

‘भिडियो हेरिसकेपछि सुतेकी भतिजीलाई बोकेर बाहिर लगेर करणी गरेको देखिन्छ’, प्रथामिक अनुसन्धानका क्रममा रहेका अधिकारी भन्छन्,‘बालिका राती चिच्याएपछि मुख थचेको र घाँटी बटारेको देखिन्छ।’

प्रहरीका अनुसार बालिकाले चिथोरेको जस्तो दाग अनिषको शरीरमा देखिन्छ। आइतबार बिहान उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरे। आफूबाट गल्ती भएको भन्दै पश्चातापको आँसु झारे।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध