नेभिगेशन
राजनीति

स्ववियु निर्वाचनलाई लिएर राप्रपाको दोहोरो चरित्र, ज्ञानेन्द्र शाहीले दिए उदण्ड अभिव्यक्ति

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लिएर राप्रपाको दोहोरो चरित्र प्रदर्शन भएको छ। 

स्ववियु निर्वाचनमा पार्टीको भ्रातृ संगठन प्रजातान्त्रिक विद्यार्थी संघले भाग लिए पनि प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भने त्यसविपरित धारणा सार्वजनिक गरेका हुन्। 

उनले सामाजिक सञ्जालमार्फत आफ्नो हेयसहितको भावना प्रकट गरेका हुन्।

सामाजिक सञ्जालमा तथा उनकै पोस्टमा पनि पहिले आफूले आफ्नो संगठन खारेज गर्न र अरूको विरोध गर्नु भन्ने प्रतिक्रिया आएका छन्

उनले यस्तो लेखेका छन् 
विद्यार्थी हुँ भन्छ 
पढ्दिन भन्छ। 
राजनीति गर्छ।।

क्याम्पसमा जान्छ 
खुकुरी हान्छ ।
गुरुलाई कुट्छ
नेताको तलुवा चाट्छ ।।

( जबसम्म राजनीतिका नाममा नेपालको शिक्षा क्षेत्र नै बिगार्ने यी पार्टीका भडुवा विद्यार्थी नेता नामका कलंकहरुलाई शिक्षा क्षेत्रबाट बहिष्कार गर्न सकिँदैन तबसम्म निःशुल्क र गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिँदैन। यिनीहरू राजनीतिका नाममा सरकारी शिक्षा क्षेत्रलाई गुणस्तरीय हिन बनाउने काम गर्दछन्। र निजी क्षेत्रका शिक्षालयलाई विद्यार्थी बेच्ने काम गर्दछन्।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति